समाचारबिहीबार, भाद्र २४, २०७२
कलैया अस्पताल प्रमुखको गाडी जलाइयो
बारा जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.शैलेन्द्रकुमार झाको गाडी आन्दोलनकारीले जलाएका छन् ।
प्रहरीको गोली लागेर मृत्यु भएका कलैया–१०, का हिफाजत मियाँको पोष्टमार्टम रिर्पाेट गलत बनाएको आरोप लगाउँदै उनीहरुले अस्पताल परिषरमा राखिएको स १ च ८७९ नम्बरको कारमा आगो लगाएका हुन् ।
छातिमा गोली लागेको मियाँको पोष्टमार्टम रिर्पाेटमा शरीरको पछाडिको भागमा गोली लागेको रिर्पाेट तयार पारेको भन्दै आन्दोलनकारीहरुले डा. झालाई दुर्व्यवहार समेत गरे ।
१५ भदौमा संयुक्त मधेशी मोर्चाले गरेको प्रदर्शनका क्रममा मियाँको गोली लागेर मृत्यु भएको थियो ।
-सुरेश बिडारी, वीरगञ्ज
