समाचारबिहीबार, भाद्र २४, २०७२
संविधानसभाबाटै संविधानः गच्छदार
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने बताएका छन् ।
पूर्वी थारुवान कोचिला प्रदेश संघर्ष समितिले झापामा गरेको कार्यक्रममा गच्छदारले भने, “म अहिले पनि संविधानसभाबाटै संविधान जारी गर्नुपर्ने पक्षमा छु ।”
उनले १६ बुँदे राजनीतिक सहमतिका निम्ति आफू लागी परेपनि तीन दल स्वच्छाचारी ढंगले चलेको आरोप लगाए । गच्छदारले भने, “आदिवासी जनजाति, थारु र मधेशीको माग सम्बोधन नगरी बहुमतमा आउने संविधानले मुलुकमा गृहयुद्ध निम्तन्छ ।”
–गोपाल गडतौला,झापा
