समाचारबिहीबार, भाद्र २४, २०७२
जनकपुरमा अनिश्चितकालीन कर्फ्यू
धनुषा प्रशासनले २५ भदौ विहान ६ बजेदेखि अनिश्चितकालका लागि जनकपुर नगरपालिकामा कर्फ्यू घोषणा गरेको छ ।
प्रशासनले अर्काे सूचना जारी नभएसम्म जनकपुरको पूर्वतिर कपिलेश्वरदेखि पुल्चोकसम्म, पश्चिमतिर बेलापुलदेखि जिरोमाइल पियाडीचोंकसम्म, उत्तरतिर बाबा पेट्रोलपम्मदेखि धनुषाधाम जाने बाटोसम्म र दक्षिणतिर शिक्षा कार्यालय धनुषा वरिपरी कर्फ्यू जारी गरेको हो ।
संयुक्त मधेशी मोर्चाले ‘जनकपुर भरौं’ अभियान अन्तर्गत गाउँगाउँबाट मान्छे ल्याउने तयारी गरेपछि प्रशासनले कर्फ्यू जारी गरेको छ ।
-ईश्वरचन्द्र झा, जनकपुर
