समाचारशुक्रबार, भाद्र २५, २०७२

सुनसरी र सप्तरीमा दंगाग्रस्त्र क्षेत्र घोषणा

हिमालखबर

स्थानीय प्रशासनले सुनसरी र सप्तरीका विभिन्न क्षेत्रलाई दंगाग्रस्त घोषणा गरेपछि सेनाले गस्ती गरिरहेको छ ।

मधेशी मोर्चाका कार्यकर्ताहरु घरेलु हतियारसहित उग्र प्रदर्शन गर्न थालेपछि कोसी ब्यारेजदेखि इटहरीसम्मको राजमार्ग क्षेत्र र दुहबीको बुढीखोलादेखि इटहरीसम्मको क्षेत्रलाई दंगाग्रस्त घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जानकारी दिए ।

राजमार्गमा यात्रुबाहक बस र मालसामान ढुवानी गर्ने ट्रकहरुको लामो लाम लागेको छ ।

दङ्गाग्रस्त क्षेत्र घोषणासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले राजमार्गका विभिन्न क्षेत्रमा गस्ती गरिरहेका छन् ।

२४ भदौमा सदरमुकाम इनरुवा, दुहबीलगायतका स्थानमा भएका विरोध प्रदर्शनमा सवारी साधनमा तोडफोड र आगजनी भएपछि स्थानीय प्रशासनले राजमार्ग क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । तर पनि प्रदर्शन र तोडफोड नरोकिएपछि दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको प्रजिअ पन्थले बताए ।

सप्तरीमा पनि दंगाग्रस्त क्षेत्र घोषणा
सप्तरी जिल्ला अन्तर्गतको पूर्व–पश्चिम राजमार्गको सम्पूर्ण क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले जिल्लाको शान्ति सुरक्षाको स्थिति विग्रदै गएको र प्रहरीबाट मात्र सम्भव नभएकाले दंगाग्रस्त क्षेत्र घोषणा गरेर सेना परिचालन गरिएको जानकारी दिए ।

अहिले राजमार्गमा नेपाली सेनाले गस्ती गरिरहेको छ ।

पूर्वमा कोशी व्यारेजदेखि पश्चिममा बलान नदीको पुलसम्म तथा राजमार्गको दायाँ–बायाँ पाँच सय मिटर क्षेत्रलाई २४ भदौ राति १० बजेदेखि अनिश्चितकालीन दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो ।

आमहडतालका क्रममा राजमार्ग अवरुद्व गर्ने, राजमार्ग र सहायक मार्गहरुमा हतियारसहित प्रदर्शन गर्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने क्रियाकलाप बढ्दै गएकाले दंगाग्रस्त क्षेत्र घोषणा गर्नुपरेको प्रजिअ यादवले प्रस्ट पारे ।

श्रवणकुमार देव

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>