समाचारशनिबार, मंसिर २, २०६९
पुनःस्थापनाको दौड हास्यास्पदः गच्छदार
मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्षसमेत रहेका मन्त्री गच्छदारले सुनसरीमा आयोजित कार्यकर्ता भेलालाई २ मंसीरमा संवोधन गर्दै वैशाख महिनाभित्रै संविधान सभाको निर्वाचन हुने बताए । उनले २४० वटा सिट प्रत्यक्ष निर्वाचित हुने तथा समानुपातिकको सङ्ख्या भने अहिले नै किटान भइनसकेको पनि दाबी गरे ।
सरकारको नेतृत्व गरेको दल एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले केही समयका लागि भए पनि संविधानसभा पुनःस्थापनाको प्रस्ताव गरेको केही दिनमै सरकारकै मन्त्रीबाट यस्तो भनाई आएको हो ।
गच्छदारले प्रमुखदलका शीर्ष नेताहरूका हठकै कारणले तोकिएको समयमा संविधान निर्माण नभएको भन्दै अब बन्ने सहमतिको सरकारका लागि मधेशी मोर्चा बाधक नहुने पनि बताएका छन् ।

