समाचारशुक्रबार, भाद्र २५, २०७२
शीर्ष नेताहरुकाे निर्णय पर्खदै संविधानसभा
प्रधानमन्त्री निवास बालुवाटारमा जारी शीर्ष नेताहरुको बैठक नटुंगिएपछि संविधानसभामा सैद्धान्तिक छलफललाई लम्ब्याइएको छ ।
विहान ११ बजेबाट शुरु हुने भनिएको बैठक केही ढिला शुरु गरिएको थियो । शीर्ष नेताहरुको बैठक नसकिएपछि पूर्वनिर्धारित कार्यतालिका नै संविधानसभाले परिवर्तन गरेको छ ।
शीर्ष नेताहरुले सम्बोधन गरेपछि मतदानमा जाने भनिएको बैठकमा अन्य सभासदहरुलाई पनि अहिले बोल्न दिइएको छ । नयाँ संविधानको विधेयक संशोधनमाथि सैद्धान्तिक छलफलमा शीर्ष नेताहरुले मात्रै बोल्ने प्रमुख दलहरुबीच सहमति भएको थियो ।
तर, शीर्ष बैठक नसकिएपछि सैद्धान्तिक छलफलका लागि नाम लेखाएका नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका सभासदहरुले धारणा राखिरहेका छन् । विधेयकमा ५४ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।
संविधान निर्माण प्रक्रियाबारे अहिले प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले र एमाअाेवादीका शीर्ष नेताहरुकाे बैठक चलिरहेकाे छ ।
