समाचारशनिबार, मंसिर २, २०६९

आन्दोलनले सरकारलाई घुँडा टेकाउँछः खनाल

हिमालखबर

२ मंसीरमा नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले भक्तपुरको खरिपाटीमा आयोजना गरेको कार्यक्रममा खनालले वर्तमान सरकारलाई आन्दोलनले घुँडा टेकाएर सहमतिको सरकार गठन गर्ने बताए ।

एमाओवादीले सर्वसत्तावाद सञ्चालन गर्न खोजेको आरोप लगाउँदै खनालले थपे, “आन्दोलनले सरकारलाई घुँडा टेकाएर राष्ट्रिय सहमतिको सरकार गठनका लागि वाध्य पार्छ ।”

अध्यक्ष खनालले अबको निर्वाचन राष्ट्रको इतिहासमा निर्णायक हुने पनि दाबी गरे । संविधान सभाको नयाँ निर्वाचनबाट संविधान निर्माण गरेर इतिहास कायम गर्ने खनालको भनाई थियो ।

सफल र निष्पक्ष निर्वाचनका लागि सहमतिको सरकार आवश्यक भए पनि एमाओवादीको हठका कारण सहमति हुन नसकेको खनालले बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>