समाचारआइतबार, भाद्र २७, २०७२

संशोधन विधेयकमाथि आज मतदान

हिमालखबर

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधानको विधेयकमा परेको संशोधन प्रस्तावमा आज मतदान हुने बताएका छन् ।

उनले प्रमुख दलका शीर्ष नेताहरुको आग्रहमा २५ र २६ भदौमा मतदान प्रक्रिया स्थगन गरिएकाले आजबाट मतदान प्रक्रिया शुरु हुने बताए । उनले भने, “दफावार छलफलमा नेताहरुको सम्बोधनपछि मतदान प्रक्रिया शुरु हुन्छ ।”

उनका अनुसार शीर्ष नेताले सम्बोधन गरेपछि संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले जवाफ दिनेछन् ।

अध्यक्ष नेम्वाङले विहान ११ः३० बजे बस्ने बैठक अगाडि कुनै नयाँ सहमति भएमा विद्यमान संशोधन प्रस्तावभित्र मिलाएर सम्बोधन गर्न सकिने बताए । उनले भने, “वार्ता र प्रक्रिया दुवै निरन्तर रहेमा संविधान जारी भएपछि पनि संशोधन गर्न ससकिन्छ ।”

नेम्वाङले संविधान निर्माणको सुरुङभित्र प्रवेश गरिसकेकाले यसबाट दायाँबायाँ गर्ने र पछाडि फर्कने ठाउँ नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>