समाचारआइतबार, भाद्र २७, २०७२

एमाले सभासदलाई निर्देशन, ‘भौकै बस्नुस् तर हल नछोड्नुस्’

हिमालखबर

नेकपा एमालेले आफ्ना सभासदहरुलाई संविधानसभाको हल नछोड्न निर्देशन दिएको छ ।

संसदीय दलको बैठक बोलाएर एमालेले पार्टी निर्णय र निर्देशनको पालना गर्न सभासदहरुलाई निर्देशन दिएको हो । “आज मतदान हुन्छ, कसैले संविधानसभाको हल नछोड्नुस्”, संसदीय दलका नेता समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले निर्देशन दिए ।

एमालेले आफ्ना सभासदहरुलाई एक ढिक्का भएर बस्ने, पार्टी निर्देशन बाहिर नजाने र संविधानसभा हल नछोड्न निर्देशन दिएको छ । “भोकै, तिर्खै बस्नुस् तर संविधान जारी नभएसम्म हलबाहिर कोही ननिस्कनुस्”, ओलीको निर्देशन उद्धृत गर्दै सभासद पीके राईले बताए ।

विधेयकमाथिको दफावर छलफल सकिएलगत्तै संविधानसभामा संशोधनप्रस्तावमाथि मतदान गर्ने कार्यसूची रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>