समाचारआइतबार, भाद्र २७, २०७२

सभासदहरुले संशोधन प्रस्ताव फिर्ता लिए

हिमालखबर

संविधानमा व्यक्तिगत रुपमा संशोधन प्रस्ताव दर्ता गरएका एमाओवादीका सबै सभासद्, कांग्रेसका कोइराला र केसी साथै अन्य सभासद्‌हरुले प्रस्ताव फिर्ता लिएका छन् ।

एमाओवादीका सभासदहरुले व्यक्तिगत रुपमा दर्ता गराएका सबै संशोधन प्रस्तावहरु फिर्ता लिएको संविधानसभा सचिवालयले जनाएको छ ।

नेपाली कांग्रेसका सभासदद्वय शेखर कोइरालाअर्जुननरसिंह केसीले आफूले दर्ता गराएका संशोधन प्रस्ताव फिर्ता लिएका छन् ।

त्यसैगरी सरकारबाट मनोनित सभासद् नरेन्द्र कुमालले पनि संशोधन प्रस्ताव फिर्ता गरेका छन् भने स्वतन्त्र सभासद अतहर कमाल मुसलमानले फिर्ता लिएका छन् ।

नेकपा मालेका सीपी मैनाली र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंहले पनि संशोधन प्रस्ताव फिर्ता लिएको खबर प्राप्त भएको छ ।

संशोधन प्रस्ताव फिर्ता लिने कार्यक्रम लम्बिंदा संविधानसभा बैठक बस्न समेत ढिलाई भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>