समाचारआइतबार, भाद्र २७, २०७२

तीनवटा धारा पारित गरी बैठक स्थगित

हिमालखबर

संविधानसभाको ५ बजे बोलाइएको बैठक दुई घण्टा अबेर  शुरु भई तीनवटा धारा पारित गरेर भोली सम्मका लागि स्थगित भएको छ । अाजको बैठकसँगै संविधानमा मतदानको प्रक्रिया शुरु भएको छ ।

सभासदहरुले व्यक्तिगत रुपमा दर्ता गराएका संशोधन प्रस्ताव फिर्ता लिन थालेपछि ढिलो गरी शुरु भएको बैठकमा  संविधानको धारा १ र २ पारित हुनुका साथै धारा ३ संशोधन सहित पारित भएको छ ।

सभासदहरु रामकुमार राई, विश्वेन्द्र पासवान र अनुराधा कोइरालाले राखेको संशोधन प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको छ ।

आज, २७ भदौ साँझ करिब ८ मिनेट चलेको बैठकमा प्रस्तावहरु ध्वनीमतले  पारित भएका हुन् ।

संविधानसभाको अर्को बैठक २८ भदौ विहान ११ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>