समाचारआइतबार, भाद्र २७, २०७२
पारित भएका संविधानका धाराहरुमा के छ ?
संविधानसभाको दुई तिहाई बहुमतबाट नयाँ संविधानको तीन वटा धाराहरु पारित भएको छ ।
उक्त धाराहरु यस्ता छन् ।
१. संविधान मूल कानूनः (१) यो संविधान नेपालको मूल कानून हो । यस संविधानसँग बाझिने कानून बाझिएको हदसम्म अमान्य हुनेछ ।
(२) यस संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ ।
२. सार्वभौमसत्ता र राजकीय सत्ताः नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । यसको प्रयोग यस संविधानमा व्यवस्था भए बमोजिम हुनेछ ।
३. राष्ट्रः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्ष र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिगत राष्ट्र हो ।
विधेयकमा प्रस्तावित धारा तीनमा ‘अखण्डता’ मात्रै उल्लेख भएको ठाउँमा ‘भौगोलिक’ थपिएर पारित भएको छ ।
