समाचारसोमबार, भाद्र २८, २०७२
आन्दोलनकारीले प्रहरी चौकीमा आगो लगाए
संयुक्त मधेशी मोर्चाका कार्यकर्ताहरुले नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कपिलवस्तुको मर्जादपुरस्थित प्रहरी चौकीमा आगो लगाएका छन् ।
गाउँ–गाउँबाट प्रहरी लखेट्ने अभियान थालेको जनाउँदै आन्दोलनकारीले प्रहरी चौकी जलाएका हुन् । उनीहरुले भिल्मी गाउँमा एउटा पिकअप भ्यान पनि जलाएका छन् ।
कुखुरा लोड गर्न गाउँ पुगेको लु १ च ५८५१ नम्बरको भ्यानमा आगो लगाएका थिए । यस्तै, बहादुरगञ्जमा २ वटा मोटरसाईकल पनि जलाएका छन् ।
संविधान निर्माण प्रक्रिया अघि बढाइएको भन्दै सरकारी, गैरसकारी र नीजि कार्यालयहरु समेत बन्द गराउँदै मोर्चाका कार्यकर्ता सडकमा उत्रिएका छन् ।
-गोपाल भण्डारी, कपिलवस्तु
