समाचारमंगलबार, भाद्र २९, २०७२
जनकपुरमा कर्फ्यू हटाइयो

जनकपुरमा २५ भदौमा कर्फ्यूको अवज्ञा गर्दै भएको प्रदर्शन ।
जनकपुरमा २५ भदौदेखि लगाइएको कर्फ्यू आज २९ भदौ देखि हटाइएको छ ।
जनकपुरमा लगाइएको कर्फ्यूसँगै दंगाग्रस्त क्षेत्र घोषणा समेत हटाइए पनि यसअघि गरिएको निषेधित क्षेत्र घोषणा भने कायमै रहेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
आन्दोलनरत मधेशी मोर्चाले निषेधित क्षेत्र घोषणाको अवज्ञा गरी गाउँगाउँबाट मानिस ल्याएर सदरमुकाममा प्रदर्शन गर्ने सूचना पाएपछि स्थानीय प्रशासनले २५ भदौ विहान ६ बजेदेखि कर्फ्यू साथै दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।
तर, त्यसै दिन २६ भदौमा कर्फ्यू तोडदै भएको प्रदर्शनमा प्रहरीले प्रहार गरेको गोली लागि जनकपुरमा तीन जनाको मृत्यु भएको थियो ।
