समाचारआइतबार, मंसिर ३, २०६९

सरकारले आजै एक तृतियांश बजेट पेश गर्ने

हिमालखबर

बजेटका बारेमा प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष छलफल गरेपछि ३ मंसीर साँझ मन्त्रिपरिषदको बैठक बसेर बजेट अध्यादेश राष्ट्रपति समक्ष पेश गरिने सञ्चारमन्त्री राजकिशोर यादवले वताएका छन् ।

यसैक्रममा राष्ट्रपतिसँग भेट गर्न अपरान्ह करिब साढे तीनबजे शितल निवास पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई भेटपछि सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन् ।

बजेट अध्यादेश पारित गर्ने बारेमा ३ मंसीरमा बसेको सत्तागठबन्धन मोर्चाको बैठकले विपक्षी दलहरुको असहमति कायमै रहे पनि एक तृतियांश बजेट राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको हो ।

२७ कात्तिकमै बजेट अध्यादेश पारित गरेर राष्ट्रपतिसमक्ष पेश गर्ने सरकारले तयारी गरे पनि राष्ट्रपतिले सहमतिबिना बजेट नल्याउन आग्रह गरेपछि सरकारको बजेट ल्याउने पूर्वयोजना पछि सरेको थियो ।

सरकारविरुद्व आन्दोलन शुरु गरिसकेका विपक्षी दलहरुले भने राजनीतिक सहमतिबिना सरकारले ल्याउने बजेट अस्वीकृत गर्न राष्ट्रपतिलाई लिखित आग्रह गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>