समाचारआइतबार, मंसिर ३, २०६९

माओवादीले देशमा शान्ति बन्न दिएनः देउवा

हिमालखबर

कञ्चनपुरको झलारीमा ३ मंसीरमा बिपी चिन्तन प्रतिष्ठानको उद्घाटन गर्दै वरिष्ठ नेता देउवाले माओवादीले हत्या, हिंसा, मुठभेड र जग्गा कब्जाको कार्यलाई जारी राखेकाले देशमा अझै त्रासको वातावरण रहेको बताए ।

एक अर्को प्रसंगमा देउवाले संविधानसभामा थाँति रहेका विषयमाथि सहमतिको प्रयास हुँदै गर्दा प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा भङ्ग गरेर देशलाई अप्ठेरो परिस्थतिमा पुर्याएको बताए । माओवादीले पुरातनवादी सोच अघि सार्दै सत्तामा टिकी राख्ने कार्य गरिरहेकाले सहमतिका लागि गरिएका प्रयास निष्फल हुँदै गएको उनको भनाई थियो

राष्ट्रिय सहमतिको सरकार गठन गर्न र देशलाई निकास दिनका निम्ति पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा देउवाले जोडदिए ।

नेता देउवाले कैलाली र कञ्चनपुरमा पहाडी र थारू समुदायबीचको विगतको टकराव ठीक नभएको भन्दै आपसी घृणाले कसैको हित नगर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>