समाचारआइतबार, मंसिर ३, २०६९

अध्यादेश स्वीकृत गरे प्रश्न उठाउँछौं: खनाल

हिमालखबर

एमाले केन्द्रीय प्रचार विभागले ३ मंसीरमा तानसेनमा आयोजना गरेको नवयुग मासिकको २३ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खनालले सत्तापक्षले जे जे भन्यो  राष्ट्रपतिले पनि  त्यही त्यही मान्नु नपर्ने धारणा राखे । एकाधिकारवादी सरकारले बजेट ल्याउन नमिल्ने भन्दै उनले सहमतिको सरकारले मात्रै बजेट ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा अध्यक्ष खनालले सहमतिबिनाको अध्यादेश जारी गर्ने अधिकार राष्ट्रपतिलाई पनि नभएको दाबी गरे । खनालले एनेकपा माओवादी र मधेशी मोर्चाको ‘अपबित्र’ गठबन्धनले जंगबहादुर शैलीमा शासन चलाउन खोजेको आरोप लगाए ।

२४० निर्वाचन क्षेत्र कायम राख्दै आगामी बैशाखमा संविधानसभा निर्वाचन गर्नुपर्ने खनालको भनाई थियो ।

देव पचभैया, पाल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>