समाचारआइतबार, आश्विन ३, २०७२
संविधान घोषणाको कार्यक्रम करिब ४५ मिनेटको हुने
![cfOtaf/ 3f]if0ff x'g] g]kfnsf] ;+ljwfg @)&@ sf] k"j{ ;GWofdf ;+ljwfg;ef ejgdf g]kfnsf] emG8f kmx/fP/ ul/Psf] ;hfjt . tl:a/ M /Tg >]i7, /f;; .](http://www.himalkhabar.com/wp-content/uploads/2015/09/ca.jpg)
तस्वीर: रासस
नेपालको संविधान–२०७२ राष्ट्रपतिद्वारा घोषणा गरिने कार्यक्रम करिब ४५ मिनेटको हुने संविधानसभा सचिवालयका सचिव मुकुन्द शर्माले बताएका छन् ।
विशेष समारोहमा रुपान्तरित हुने संविधानसभा बैठकमा सहभागी हुन राष्ट्रपति रामवरण साँझ ५ बजे संविधानसभा भवन नयाँ बानेश्वर पुग्ने कार्यक्रम छ ।
विशेष सवारी साथ संविधानसभा भवन पुगेका राष्ट्रपति रामवरण यादवलाई सैनिक सलामी अर्पण गरिनेछ भने उनलाई प्रधानमन्त्री, संविधानसभा अध्यक्ष, नेताहरु, सचिवालयका अधिकारीहरुले स्वागत गर्नेछन् ।
त्यसपछि सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक शुरु भएको घोषणा गरेपछि राष्ट्रपतिले सभाध्यक्षबाट प्रमाणिकरण भएको नेपालको संविधान–२०७२ का पाँचवटा प्रति हस्ताक्षर गरी संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम छ ।
त्यसलगत्तै राष्ट्रपतिले छोटो मन्तव्य दिनेछन् भने बेलुन उडाएर र आतिशवाजी गरी उत्सव मनाइने छ ।
“एक युगमा एक पटक आउने महान अवसरलाई भव्यरुपमा मनाउने तयारी भएको छ,” सचिव शर्माले भने, “नेपाली जनताले सँधै सम्झन योग्य कार्यक्रम हुन्छ ।”
कपिल भट्ट, काठमाडौं
