समाचारसोमबार, मंसिर ४, २०६९
चुनावलाई प्रभाव पार्ने खालको भएकाले बजेट रोक्यौं: देउवा
नेपाल प्रेस युनियन कञ्चनपुरले ४ मंसिरमा महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा वरिष्ठ नेता देउवाले सरकारले ल्याउन लागेको बजेट चुनावलाई प्रभाव पार्ने खालको भएका कारणले मात्रै कांग्रेसले रोकेको बताए । उनले भने, “हामीले सरकारसँग कर्मचारीहरुका लागि तलबै नपाउने हिसाबले बजेट नल्याउ भनेका छैनौँ ।”
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफ्नो पार्टीले गर्न पाउनुपर्ने देउवाको भनाई छ । राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री बाबुराम भट्टराई र एमाओवादीले बाटो खोल्नुपर्ने भनाई उनले पुनः दोहोर्याए ।
कार्यक्रममा उनले नेताहरुलाई थप्पड हान्ने प्रवृत्ति गलत भएको टिप्पणी गर्दै यस्तो संस्कारको अन्त्य गर्नुपर्ने बताए । प्रधानमन्त्री भट्टराईले जेठमा दलहरुसँग सहमति नै नगरी चुनावको मिति घोषणा गरेर समस्या निम्त्याएको उनको भनाई थियो ।रासस
