समाचारसोमबार, मंसिर ४, २०६९
माओवादीले चुनावमा जान खुट्टा कमायोः खनाल
एमाले मुख्यालय बल्खुमा ४ मंसीरमा आयोजित पूर्व केन्द्रीय सदस्य डिल्लीबहादुर महतको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष खनालले एमाओवादीसँग नयाँ निर्वाचनमा जाने आँट नभएको बताए । उनले एमाओवादीले अनेकौं बहानामा वर्तमान सरकारलाई टिकाइ राखेर अधिनायकबाद लाद्ने षडयन्त्रमा लागेको पनि आरोप लगाए ।
अध्यक्ष खनालले वर्तमान सरकारको बहिर्गमन भएर नयाँ सहमतिको सरकार नबन्दासम्म कुनै पनि सहमति नहुने भन्दै विपक्षी दलहरुको न्युनतम शर्त सहमतिको सरकार भएकाले यो सरकार रहँदासम्म कुनैपनि सहमति हुन नसक्नेमा जोडदिए ।
चाँडै सहमति बनोस भन्ने मनसायले अहिले आफुहरुले आन्दोलन नचर्काएको दावी गर्दै खनालले सरकारले अझै पनि आफ्नो जिद्दी नछोडे आन्दोलनको ज्वारभाटा सिर्जना गर्ने चेतावनी दिएका थिए ।
