समाचारआइतबार, आश्विन १०, २०७२

महासचिव वानले भने, ‘नयाँ संविधान शान्ति प्रक्रियाको कोसेढुङ्गा’

हिमालखबर

bankimoonसंयुक्त राष्ट्र संघका महासचिव वान कि मूनले संविधानसभाबाट जारी नयाँ संविधन नेपालको शान्ति प्रक्रियाका लागि कोसेढुङ्गा सावित भएको बताएका छन् ।

महासचिवका प्रवक्ताले न्यूयोर्कबाट जारी गरेको वक्तव्य अनुसार उनले प्रजातान्त्रिक, समावेशी, शान्त र समृद्ध नेपाल निर्माणका लागि लचकतापूर्वक सम्झौताको भावनाले आफ्ना मतभेदलाई समाधान गर्न पनि आग्रह गरेका छन् ।

महासचिव वानले प्रधानमन्त्री सुशील कोइरालाले घरेलु राजनीतिक परिस्थितिमा ध्यान दिन र वार्तालाई अगाडि बढाउन संयुक्त राष्ट्रसंघको भ्रमण रद्द गरेको आफूले राम्ररी बुझेको बताउँदै उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग आपसी चासोका विषयहरुमा छलफल गर्न प्रतिक्षारत रहेको पनि बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>