समाचारआइतबार, आश्विन १०, २०७२
पश्चिमी नाकामा भारतीय पर्यटकको स्वागत
देशका अधिकांश सीमा नाकाहरुमा तनाव बढिरहेका बेला पश्चिमी सीमा नाका गड्डाचौकीमा भने भारतीय पर्यटकको स्वागत गरिएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा १० असोज बिहान नेपाल प्रवेश गरेका भारतीय पर्यटकलाई पर्यटन बोर्ड, अध्यागमन कार्यालय, स्थानीय व्यवसायी र सर्वसाधारणले स्वागत गरेका हुन ।
‘‘आज नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई स्वागत गर्ने कार्यक्रम थियो । भारतीय पर्यटक नै परे’’ नेपाल पर्यटन बोर्ड, गड्डाचौकी कार्यालयका प्रमुख थानेश्वर लेखकले भने ।
कञ्चनपुरको शुक्लाफाँटा बन्यजन्तु आरक्ष र झोलुङ्गे पुल घुम्न आएका भारतको पिथौरागढका दिपक चन्दलाई ढाका टोपी, खादा र अबिर लगाएर स्वागत गरिएको हो ।
उनले एक साता नेपाल बस्ने कार्यक्रम रहेको जानकारी दिए । स्वागत कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो ।
विश्वपर्यटन दिवसको अवसरमा ‘वान विलियन टुरिस्ट, वान विलियन अपर्चुनिटी’ भन्ने नाराका साथ देशभरी विविध कार्यक्रमको आयोजना गरिदै छ ।
बच्चु विक, महेन्द्रनगर
