समाचारआइतबार, आश्विन १०, २०७२

भट्टराईलाई निर्णय पुनःविचार गर्न एमाओवादीको आग्रह

हिमालखबर

एमाओवादीले पार्टी परित्याग गरेका बाबुराम भट्टराईलाई आफ्नो निर्णयमा पुनःविचार गर्न आग्रह गरेको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा १० असोजमा बसेको स्थायी समितिको बैठकले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बेलामा पार्टी परित्याग गर्ने निर्णय कुनै पनि कोणबाट नमिल्ने भएकाले त्यसलाई पुनःविचार गर्न भट्टराईलाई आग्रह गर्ने निर्णय गरेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले राष्ट्रिय सार्वभौमसत्ता, अखण्डताको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध भएर जाने बेलामा वरिष्ठ नेता भट्टराईको निर्णयले आशङ्का पैदा गरेको भन्दै निर्णय पुनःविचार गर्न आग्रह गरिएको बताए ।

बैठकमा भट्टराई पक्षीय भनेर चिनिएका सचिव टोपबहादुर रायमाझी र स्थायी समिति सदस्य देवेन्द्र पौडेलको पनि सहभागिता थियो ।
स्थायी समिति बैठकले आज दिउँसो २ बजे बस्ने केन्द्रीय समितिको बैठकमा पेस गर्ने राजनीतिक प्रतिवेदनलगायतका विषयमा समेत छलफल गरेको थियो ।

एमाओवादीका वरिष्ठ नेता भट्टराईले ९ असोजमा पत्रकार सम्मेलनको आयोजना गरेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>