समाचारआइतबार, आश्विन १०, २०७२
‘तीन दलले माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए वार्तामा बस्छौं’
तराई–मधेश लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले प्रमुख तीन दलका नेताहरुले मधेशको माग सम्बोधन गर्ने प्रतिवद्धता जनाए वार्तामा बस्ने बताएका छन् ।
कांग्रेस नेताहरुसँगको भेटपछि त्रिपाठीले कांग्रेसले मात्रै नभई तीन दलले प्रतिवद्धता जनाउनुपर्ने बताए । उनले भने, “प्रमुख तीन दलका नेताहरुले प्रतिवद्धता जनाए वार्तामा बस्छौं ।”
कांग्रेसका नेताहरु तमलोपाका अध्यक्ष महन्थ ठाकुरको नीजि निवास सानोठिमी भक्तपुर पुगेका थिए । भेटका लागि कांग्रेस उपसभापति रामचन्द्र पौडेल, वनमन्त्री महेश आचार्य र केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगाना सानोठिमी पुगेका हुन् ।
भेटमा तमलोपाका अध्यक्ष ठाकुर, सहअध्यक्ष त्रिपाठी र नेता सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए । रासस
