समाचारआइतबार, आश्विन १०, २०७२
एमाओवादीको केन्द्रिय कमिटी बैठक शुरु
एमाओवादीको पूर्ण केन्द्रिय कमिटी बैठक पार्टी केन्द्रिय कार्यालय परिसडाडाँमा शुरु भएको छ ।
नयाँ संविधान जारी भएको र बरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेको सन्दर्भमा बैठक शुरु भएको छ । बैठकमा बाबुराम पक्षधर नेताहरुको पनि सहभागिता छ ।
भर्खरैबाट शुरु भएको बैठकमा अजेण्डा प्रस्तुत भइनसकेको एक नेताले बताए । पार्टीको बरिष्ठ नेता भट्टराईले ९ असोजमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

