समाचारसोमबार, मंसिर ४, २०६९

मध्य-मर्स्याङदीमा विद्युत उत्पादन घट्यो, लोडसेडिङ् बढने 

हिमालखबर

मध्य-मर्स्याङ्दी जलविद्युत परियोजनाको बाँध क्षेत्र । तस्बीर: युवराज श्रेष्ठ/लमजुङ

नदीमा पानीको बहाव कम हुन थालेपछि ७० मेगावाट क्षमताको मध्य-मर्स्याङदी जलविद्युत केन्द्रवाट विद्युत उत्पादनमा कमी आउन थालेको हो ।

अहिले केन्द्रले दिउँसो र राति ५० मेगावाट मात्रै विद्युत उत्पादन गरिरहेको छ भने विहान र साँझ भने पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको छ । पानीलाई सञ्चित गरी विहान-वेलुकी पूर्ण क्षमतामा विद्युत उत्पादन गरिएको केन्द्रले जनाएको छ ।

जलविद्युत केन्द्रका प्रमुख रामकुमार यादवले मुलुकको लोडसेडिङलाई ध्यानमा राखेर विहान-बेलुकीबाहेक अन्य बेलामा ५० मेगावाट विद्युत उत्पादन भएको जानकारी दिए । नदीमा पानीको बहाव कम हु“दै गएकाले विद्युत उत्पादन अँझै घट्ने उनले बताए ।

रन अफ रिभर प्रविधिमा निर्माण गरिएको आयोजनामा जडित ३५/३५ मेगावाट क्षमताका २ वटा र्टवाइनवाट विद्युत उत्पादन भईरहेको छ । नेपाल विद्युत प्राधिकरणले ठूला जलविद्युत आयोजनामा पानीको बहाव कम भएर विद्युत उत्पादनमा ह्रास आएपछि लोडसेडिङको समय बढाउने तयारी गरेको छ ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>