समाचारमंगलबार, आश्विन १२, २०७२

नेपालगञ्ज नाकाबाट सडेको आलु र खरानी भित्रियो

हिमालखबर

नेपालगञ्जस्थित जमुनाहा नाका १२ असोजमा फेरि तनाव ग्रस्त बन्यो ।

बिहानै देखि नाकामा धर्ना बसेका मधेशी मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रहरीले तितरबितर पार्ने क्रममा केहीबेर झडप समेत भएको थियो ।

प्रहरीले मोर्चाका ५ जना नेता–कार्यकर्ता हिरालाल लोनिया, मिना बुढाथोकी, प्रभा मिश्रा, लतीफ खाँ र शिव कुमार बर्मालाई पक्राउ गरेको छ ।

सीमा क्षेत्रमा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गर्न थालेपछि ३०–४० जनाको संख्यामा रहेका उनीहरु भारततर्फ पुगेका छन् ।

आज नेपालगञ्ज–रुपैडिहा नाकाबाट सडेको आलु २ ट्रक, खरानी १ ट्रक, साइकल पार्टस १ ट्रक र एउटा ग्यासको बुलेट नेपालतर्फ आएको जमुनाहा प्रहरीले जानकारी दिएको छ ।

केशव राना,बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>