समाचारबुधबार, आश्विन १३, २०७२
संविधानमा समावेशी हस्ताक्षरः नेम्बाङ
नेपालको संविधानमा १४६ जनजाति, ९१ मधेशी, ३६ दलित र २३ थारु सभासदको हस्ताक्षर छ ।
सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा पत्रकारहरूसँग कुरा गर्दै सभामुख सुवासचन्द्र नेम्बाङले नेपालको संविधानमा समावेशी हस्ताक्षर भएको बताए ।
उनका अनुसार संविधानमा खस/आर्य २४१ र २३ थारु सभासद समेत जनजातिका १६९ जनाले हस्ताक्षर गरेका छन् ।
त्यसैगरी ४ मुस्लिमसहित ९१ जना मधेशी र ३६ जना दलित सभासद्ले पनि संविधानमा हस्ताक्षर गरेको नेम्वाङले बताए ।
संविधानमा पुरूष सभासद् ३८३ जना र महिला सभासद् १५४ को हस्ताक्षर रहेको उनले जानकारी दिए ।
उनले भने, “यो तथ्यलाई हेर्दा संविधानमा समावेशी हस्ताक्षर भएको छ ।”
संविधानमा संविधानसभामा कायम रहेका ५९८ सभासद्मध्ये ५३७ जनाले हस्ताक्षर गरेका थिए ।
कपिल भट्ट
