समाचारसोमबार, मंसिर ४, २०६९
‘मलाई ४० बुँदे बुझाउने बाबुराम आफैंले के गरे ?’
उनले ती मागलाई आधार बनाएर मुलुकमा हजारौंको हत्या भएको भन्दै बाबुराम भट्टराई आफैं प्रधानमन्त्री बनेपछि ४० मध्ये एक बुँदा पनि पूरा गर्न नसकेको बताए ।
४ मंसीरमा डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेता देउवाले माओवादीले सत्ताको आडमा जनतालाई तर्साएर पार्टीको दास बनाउन खोजेको आरोप लगाए ।
एमाओवादी नेतृत्वको सरकार नहटेसम्म देशले संकटबाट निकास नपाउने भन्दै देउवाले संविधान निर्माण नहुनुको प्रमुख दोषि पनि माओवादी नै भएको दाबी गरेका थिए ।
