समाचारमंगलबार, मंसिर ५, २०६९

पटनामा छठका बेला भागदौड, १८ को मृत्यु

हिमालखबर

पटना प्रहरीले गंगा नदी नजिक पुग्नका लागि अदालतगंज घाट नजिक बनाइएको अस्थायी पुल भत्किंदा भागदौड भएको र कम्तीमा १८ जनाको ज्यान गएको बताएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेहरुमा अधिकांश बालक र महिला छन् ।

छठ बिहार र नेपालमा तराई क्षेत्रको प्रमुख पर्व हो । पटनामा यो पर्व निकै धुमधामका साथ मनाईन्छ । १४ मंसीर साँझ अस्ताउँदै गरेको सूर्यलाई अघ्र्य दिने बेला घटना भएको बताइएको छ ।

पटना मेडिकल कालेज अस्पतालका प्रमुख डा. ओपी चौधरीले १४ मंसीर रातिसम्म १८ जनाको शव अस्पतालमा ल्याइएको र घाइतेहरुलाई ल्याउनेक्रम जारी रहेको भन्दै मृतकको संख्या अझै बढ्न सक्ने बताएको नवभारत टाइम्सले उल्लेख गरेको छ ।

बिहारका मुख्यमन्त्री नीतीश कुमारले घटनाप्रति दुख व्यक्त गर्दै मृतकका परिवारलाई डेढलाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>