समाचारमंगलबार, मंसिर ५, २०६९
विपक्षी दलहरूले उद्योगी व्यवसायीसँग छलफल गर्दै
प्रधानमन्त्री बाबुराम भट्टराई सहमतिको बाधक बनिरहेकोले आन्दोलनबाट सरकार छोड्न बाध्य पारिने भन्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका विपक्षीहरुले आन्दोलनकै कार्यक्रम अन्तर्गत १५ मंसीरमा अर्थतन्त्र र बजेट बारेको दृष्टिकोण उद्योगी व्यवसायीहरूसँग प्रस्तुत गर्ने कार्यक्रम रहेको नेकपा एमाले प्रचार विभागले जनाएको छ ।
अपरान्ह राजधानीको राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा नेपाली काङ्गे्रसका सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबरा, नेकपा मालेका महासचिव सीपी मैनालीलगायतले संबोधन गर्ने कार्यक्रम छ ।
