थप समाचारआइतबार, आश्विन २४, २०७२
नेपालगञ्ज–रुपैडिहा नाकाबाट ४१ ट्यांकर पेट्रोलियम पदार्थ भित्रियो
नेपालगञ्ज–रुपैडिहा नाकाबाट २४ असोजमा साँझसम्म ४१ वटा पेट्रोलियम पदार्थका सहित ७१ वटा सवारीसाधन नेपाल भित्रिएका छन् ।
नेपाल भित्रिएका सामानमध्ये डिजल २६, ग्याँस ११ र हवाई इन्धनका ४ वटा ट्याङकर रहेको सीमाक्षेत्रमा रहेको जमुनाहा प्रहरी चौकीले जनाएको छ ।
पेट्रोल भने अहिलेसम्म भित्रिएको छैन । अन्य चामल, खसी, आलु, गहुँ गरी ३० वटा मालबाहक सवारीसाधन भित्रिएका छन् । केही साधनहरु अझै नेपाल भित्रिने क्रममै छन् ।
केशव राना/बाँके
