समाचारमंगलबार, मंसिर ५, २०६९
बजेट अध्यादेश स्विकृत
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठद्वारा ५ मंसिरमा जारी विज्ञप्तिमा बजेट अध्यादेश स्विकृत गरिएको उल्लेख छ । सरकारले प्रतिपक्षी दलसँगको सहमति बेगर आजै अध्यादेश पेश गरेको थियो । मन्त्रिपरिषद् बैठकले रु. ३ खर्ब ६४ करोड १० लाख रुपियाँ बराबरको अनुमानित आय–व्याय समेटिएको बजेट प्रस्तुत गर्ने निर्णय गरेको थियो ।
नेपाली कांग्रेस र नेकपा एमालेलगायतका १९ प्रतिपक्षी दलले भने राष्ट्रपति यादवलाई सहमति बिना आएको बजेट स्विकृत नगर्न औपचारिक आग्रह गरेका थिए ।

