समाचारबुधबार, मंसिर ६, २०६९

चुनाव घोषणा नौटंकीः लोहनी

हिमालखबर

“यसअघि आफैंले घोषणा गरेको निर्वाचन गराउन नसकेर असफल भइसकेको सरकारले सरोकारवालाहरु (विपक्षी राजनीतिक दल) संगै कुनै छलफल नै नगरी हुकुमी शैलीमा निर्वाचनको घोषणा गरेको छ, यो नौटंकी मात्रै हो,” लोहनीले भने ।

६ मंसीरमा हिमालखबरसँग कुरा गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका लोहनीले निर्वाचन आयोगसँग समेत सल्लाह नगरी अचानकै घोषण गरिएको यो निर्वाचन कार्यान्वयन हुने नसक्ने प्रतिक्रिया दिए । “सरकार श्री ३ महाराजको शैलीमा हिंडेको छ, उसको डिक्सनरीमा नैतिकता भन्ने शब्द नै छैन,” लोहनीले थपे ।

आफूहरु पनि निर्वाचनकै पक्षमा रहेको भन्दै लोहनीले विधि र प्रक्रिया नपुर्‍याएर हचुवाको भरमा विना मितिको निर्वाचन घोषणा गर्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको बताए ।

“हामीहरु यसै पनि सरकारका विरुद्ध आन्दोलनमा छौं, अहिलेको सरकारको निर्णयले हाम्रो आन्दोलनलाई थप बल पुर्‍याएको छ,” लोहनीले भने ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>