समाचारबुधबार, कार्तिक ४, २०७२
प्रधानमन्त्री ओली सुखानी जाँदै
प्रधानमन्त्री निर्वाचित भएपछि पहिलो पटक गृह जिल्ला झापा पुगेका केपी शर्मा ओली इलामको सुखानी जाँदैछन् ।
झापा विद्रोहमा संलग्न पाँच जनाको हत्या भएको इलामको दानाबारीस्थित सुखानी पुगेर प्रधानमन्त्री ओलीले कपुर रोप्ने भएका हुन् । प्रधानमन्त्री ओलीसँगै झापा विद्रोहमा संलग्न रामनाथ दाहाल, नेत्र घिमिरे, विरेन राजवंशी, कृष्ण कुईँकेल र नारायण श्रेष्ठलाई जेल सार्ने नाममा सुखानी लगेर २१ फागुन २०२९ मा हत्या गरिएको थियो ।
उक्त विद्रोहबाटै जन्मिएका नेता ओली गणतन्त्र नेपालको संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री बनेका छन् । सुखानीबाट झापा हुँदै प्रधानमन्त्री ओली दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
-गाेपाल गड्ताैला, झापा
