समाचारशनिबार, कार्तिक ७, २०७२
कांग्रेस: उम्मेदवार चयनको जिम्मा पदाधिकारीलाई
राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको नेपाली कांग्रेस केन्द्रीय समितिले उम्मेदवार चयनको जिम्मेवारी भने पार्टी पदाधिकारीलाई दिएको छ ।
नयाँवानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको पार्टीको केन्द्रीय कार्य समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलसँग परामर्श गरेर अगाडि बढ्ने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले बैठकपछि सञ्चारकर्मीहरूलाई बताए ।
व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्नेमा जोड दिँदै बैठकले अल्पसङ्ख्यक, आदिवासी, जनजाति, पिछडावर्ग, महिला, दलित, मुस्लिमलगायतको अधिकार सुनिश्चित गर्न संशोधन अपरिहार्य भएको ठहर गरेको पनि बडूले बताए ।
रासस
