समाचारसोमबार, कार्तिक ९, २०७२
पद्मश्री साहित्य सम्मान मैनाली र सुब्बालाई
पद्मश्री साहित्य सम्मानबाट पत्रकार मोहन मैनाली र साहित्यकार उपेन्द्र सुब्बा सम्मानित भएका छन् । मैनालीलाई ‘मान्ठा हराएको जुग’ र सुब्बालाई ‘लाटो पहाड’ कृतिका लागि सम्मान गरिएकाे हाे ।
त्यस्तै पद्मश्री साधना सम्मानबाट कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सम्मानित भएका छन् ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले हरेक वर्ष गर्दै आएको पद्मश्री साहित्य सम्मान र पद्मश्री साधना सम्मान २०७१ बाट उनीहरुलाई सम्मानित गरिएको हो । प्रत्येकलाई सम्मानपत्र र रु.१ लाख नगदबाट सम्मानित गरिएको छ ।

