समाचारसोमबार, कार्तिक ९, २०७२
गृहमन्त्री बस्नेतले अगुवापछुवा सुरक्षा दस्ता नलिने
गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल प्रहरी र सशस्त्र प्रहरीको कारगेड (अगुवा–पछुवा) सुरक्षा दस्ता नलिने भएका छन् ।
मुलुकमा इन्धन संकट भइरहेकाे भन्दै गृहमन्त्री बस्नेतले पाउने सुरक्षा दस्ता नलिने निर्णय गरेका हुन् । उनले तीन वटै सुरक्षा निकायका प्रमुखहरुको बैठकमा यस्तो निर्णय लिएका हुन् ।
गृहमन्त्री बस्नेतले पेश गरेको प्रस्ताव अनुसार आजैबाट गृहमन्त्री बस्नेतले कारगेड सेवा हटेको छ । उनले भने, “मलाई कुनै सुरक्षा चुनौती छैन, दुवै प्रहरीका अगुवा र पछुवा गाडी नलिने निर्णय लिएको छ ।”
गृहमन्त्री बस्नेतले यो निर्णयले राज्यको साधन र स्रोतको समेत बचत हुने बताए ।
