समाचारबिहीबार, मंसिर ७, २०६९

नेपाली सेनामा थप चार हजार दरबन्दी

हिमालखबर

समितिको सचिवालय नयाँ बानेश्वरमा ६ मंसीर साँझ बसेको बैठकले समायोजन रोजेका माओवादीका एक हजार ४६० लडाकुसहित  बाँकी नयाँ भर्ना लिने गरी जम्मा चार हजार १७१ जनाको दरबन्दी सिर्जना गर्न सिफारिस गरेको समितिका सदस्य एवम् अर्थमन्त्री वर्षमान पुनले जानकारी दिए ।

मन्त्री पुनले समायोजन रोजेका ७१ जना अधिकृतलाई अधिकृत तहमा र बाँकी सबैलाई अन्य पदमा आजैका मितिबाट नेपाली सेनाको तालिममा पठाउने निर्णय गरिएको  पनि बताए ।

समितिका सदस्य एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले अहिले नेपाली सेनामा करिब तीन हजार पद रिक्त रहेकोमा अब एक हजार १७१ थप दरबन्दी सिर्जना हुने बताए ।

उनले समायोजनमा जाने लडाकुको पदबारे नेपाली सेनाले नै निर्णय गर्ने बताए भने मन्त्री पुनले दर्जाको विषयमा आजको बैठकमा कुरा नमिलेकाले पर्सि पुनः बैठक बसेर निर्णय गरिने बताएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>