समाचारबिहीबार, मंसिर ७, २०६९
मधेशी मोर्चा र एमाओवादीको बैठक बालुवाटारमा जारी
बैठकमा सरकारको आगामी रणनीति तय गर्ने र निर्वाचनका लागि मिति तोक्न विपक्षीहरुसँग सम्बाद गर्ने बारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
त्यस्तै दिउँसो दुई बजेपछि सत्तारुढ गठबन्धन संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको बैठक बस्ने सदभावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले हिमालखबरलाई जानकारी दिए ।
सरकारले गत १४ जेठमा ७ मंसीरका लागि घोषणा गरेको निर्वाचन हुन नसकेपछिको अवस्थामा आजै साँझ प्रधानमन्त्रीको सम्बोधन पनि आउने बुझिएको छ ।
