समाचारबिहीबार, मंसिर ७, २०६९

पूर्व गाविस अध्यक्ष भट्टको हत्या

हिमालखबर

दुई पटक नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा निर्वाचित भएका ५५ वर्षीय भट्टको मालाखेती गाविस– २ मा रहेको आफ्नै घरमा सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ । तीन–चार महिनाअघि अज्ञात समूहले छुरा र खुकुरी प्रहार गरेकामा उनी बाँच्न सफल भएका थिए ।

उनको शरीरमा खुकुरी र छुरा प्रहार गरिएको घाउ देखिएको छ । मृतकका आफन्तले गरेको शङ्काका आधारमा प्रहरीले सोही ठाउँका जानकी मलासी तथा उनका छोरा सुरेश, मनोज र महमद महिसरलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

शव परीक्षणका लागि सेती अञ्चल अस्पतालमा पठाइएको र घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको घटनास्थलमा रहेका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>