थप समाचारशुक्रबार, कार्तिक १३, २०७२
मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. शर्मा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. दिलिप शर्मालाई नियुक्त गरेको छ ।
रम्घा ७, लमजुङ घर भएका डा. शर्मा वीर अस्पतालमा करिब १० वर्ष अघिदेखि कलेजो रोग विभागमा विशेषज्ञ चिकित्सकको रुपमा कार्यरत उनी चिकित्सा शिक्षा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का सह–प्रध्यापक पनि हुन् ।
शर्मा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निटक मानिन्छन् ।
यसअघि आठ वर्षदेखि काउन्सिलको रजिष्ट्रार पदमा डा. निलमणी उपाध्याय कार्यरत थिए ।
