समाचारबिहीबार, मंसिर ७, २०६९
सहमतिका लागि सरकार कुनै पनि त्याग गर्न तयार, १५ दिनभित्रै निकास आउने
“बैशाखमा निर्वाचन गराउनु जरुरी छ, त्यसका लागि आवश्यक सहमति जुटाउन सरकार कुनै पनि त्याग गर्न तयार छ,” बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्यामन्त्री राजेन्द्र महतोले हिमालखबरलाई जानकारी गराए ।
सदभावना पार्टीका अध्यक्ष समेत रहेका महतोले अहिले सत्ता गठबन्धन मोर्चाको बैठक चलिरहेको र त्यसपछि मन्त्रिपरिषदको बैठक बस्ने पनि बताए ।
उनले भने, “मोर्चाको बैठकपछि मन्त्रिपरिषदको बैठक बस्नेछ र त्यसपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुहुने छ ।”
बेलुका ६ बजेसम्ममा प्रधानमन्त्रीले यिनै निर्णयको सेरोफेरोमा सम्बोधन गर्ने अध्यक्ष महतोको भनाई थियो ।
