समाचारबिहीबार, मंसिर ७, २०६९

एमाओवादी नेता सापकोटाको मुद्दा तामेलीमा राख्ने सरकारी निर्णय विरुद्ध सर्वोच्चमा रिट

हिमालखबर

मन्त्रिपरिषद्बाट गत साउन १२ गते उक्त मुद्दालाई तामेलीमा राख्न गरेको निर्णय कार्यान्वयन नगर्न र रिटलाई अग्राधिकार दिएर पेस गर्न काभ्रे निवासी लामाकी पत्नी पूर्णमाया लामाले ७ मंसीरमा रिट दायर गरेकी हुन् ।

स्थानीय छत्रेबाझ गाविसस्थित श्रीकृष्ण माविबाट अर्जुन लामालाई एमाओवादीका नेताहरू अग्नि सापकोटा र सूर्यमान दोङले २०६२ वैशाख १६ गते अपहरण गरी हत्या गरेको भन्दै दायर गरेको जाहेरी दरखास्तलाई २०६४ असार २६ गते काभ्रे जिल्ला प्रहरी कार्यालयले सत्य निरूपण तथा मेलमिलाप आयोगमार्फत् मिलाइने भन्दै दरपिठ गरेको थियो ।

सर्वोच्च अदालतले उक्त दरपिट आदेश नमिलेको भन्दै २०६४ फागुन २७ गते उत्प्रेषणको आदेशद्वारा बदर गरी कानुन बमोजिम दर्ता गर्न आदेश जारी गरेको थियो ।

आरोपित नेता सापकोटालाई मन्त्रिपदमा गरिएको नियुक्ती बदर गर्न माग गर्दै मानव अधिकारवादी संस्थाहरूले दायर गरेको रिट पनि हाल सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको समेत रिटमा उल्लेख छ ।

उक्त रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा, जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय काभ्रेलाई विपक्षी बनाइएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>