समाचारशुक्रबार, मंसिर ८, २०६९
मन्त्रिपरिषद् निर्णय– विज्ञानमन्त्रालयको नाम परिवर्तन
८ मंसीर बिहान बसेको मन्त्रिपरिद्को बैठकले असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसका रुपमा मनाउने निर्णय समेत गरेको छ ।
सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले बैठकले अर्घाखाँची जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिन्टेन्डेन्ट चित्रप्रसाद वाग्लेलाई उपचार खर्चवापत रु पाँच लाख दिने निर्णय गरेको जानकारी दिए । लामो समयदेखि ग्रामीण क्षेत्रका विपन्न जनताको उपचारमा संलग्न चिकित्सक वाग्ले विगत केही महिनादेखि गम्भीररुपमा बिरामी भए पनि खर्चको अभावमा उनको उपचार हुनसकेको छैन ।
त्यसैगरी छिमेकी देश चीनका विभिन्न सहरमा भगवान् गौतम बुद्धका मूर्तिहरु प्रदर्शनका लागि लैजान पुरातत्व विभागलाई स्वीकृति दिने पनि सरकारले निर्णय गरेको छ भने महालेखा परीक्षकको कार्यालयमा कार्यरत सुकदेव खत्रीलाई उपमहालेखा परीक्षकका बढुवा गर्ने निर्णयसमेत आजको बैठकले गरेको छ ।
