समाचारशुक्रबार, मंसिर ८, २०६९

राष्ट्रपतिद्वारा ३८ (१) अनुसार सहमतीय सरकार आह्वान

हिमालखबर

राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि १४ मंसीर दिनको ४ बजेसम्म सहमतिमा पुग्न म्याद तोकेका छन् । यसअघि दलहरुबीच सहमतिका लागि ७ मंसीरसम्मको अनौपचारिक म्याद दिएका राष्ट्रपति यादवले ८ मंसीरमा औपचारिक आह्वान गरेका हुन् ।

वर्तमान सरकार आफैंले ७ मंसीरका लागि घोषणा गरेको निर्वाचन गराउन नसकेको, मुलुकलाई संकटबाट निकास दिनका लागि दलहरुबीचमा सहमति नभएको र ७ मंसीरमै आएको प्रधानमन्त्रीको सन्देशले समेत सहमतिको आधारलाई झनै पर धकेलेको बेला राष्ट्रपतिले यसपटक भने सहमतिको सरकार लागि संविधान अनुसार औपचारिक आह्वान गरेका छन् ।

अन्तरिम संविधानमा उल्लेख भए अनुसार संविधानको धारा ३८ (१) अनुसार  सरकार गठन नभएमा धारा ३८ (२) अनुसार संसदलाई बहुमतीय आधारमा सरकार चयनका लागि आह्वान गर्ने व्यवस्था छ । तर, अहिले संसद नभएका बेला ३८ (१) अनुसार सहमतिको सरकार गठन नभएको अवस्थामा के गर्ने भन्ने अन्योल छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>