समाचारशुक्रबार, मंसिर १८, २०७२
काठमाडाैंमा उपलब्ध मोर्चाका सवै शीर्ष नेताहरु वार्तामा सहभागी हुने
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका काठमाडौंमा उपलब्ध सवै शीर्ष नेताहरु वार्तामा सहभागी हुने भएका छन् ।
साँझ ५ बजेका लागि निर्धारित बार्तामा मोर्चाका शीर्ष नेताहरुले सहभागिता जनाउने सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए । उनले माेर्चाकाे मागबारे तीन दलकाे धारणा र तयारी कस्ताे छ त्यसै अनुसार अगाडिकाे बाटाे तय हुने बताए ।
उनले भने, “हामीले ११ बुँदे माग पेश गरेकै छाैं, त्यसलाई सम्बाेधन गर्नेबारे प्रमुख तीन दलकाे धारणा कस्ताे छ, त्यसैबाट वार्ता सफल वा असफल हुने निर्धारण हुन्छ ।”
