समाचारबिहीबार, मंसिर २४, २०७२
लोकमानसिंहमाथि महाअभियोग लगाउन दलहरुबीच छलफल हुँदैः ज्ञवाली
प्रमुख सत्तारुढ नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउने विषयमा दलहरुबीच छलफल भइरहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा ज्ञवालीले उच्च स्तरीय राजनीतिक समितिको बैठकमा यो विषयमा छलफल हुने बताए । उनले भने, “देश स्वाधिनताको लडाईमा भएको बला जो–जो उहाँको नियुक्तिको विपक्षमा रहेका थिए । उनीहरुलाई छानीछानी पत्र काट्दा उहाँको नियतमाथि प्रश्न उठेको छ ।”
नेता ज्ञवालीले भारतीय नाकाबन्दीबाट नेपालमा सरकारलाई झुक्न बाध्य बनाउन मधेशी मोर्चा लागेको बताए ।
