समाचारआइतबार, मंसिर १०, २०६९

विपक्षीहरु साझा धारणा बनाउँदै, सरकारले पनि आधिकारिक धारणा बनाउने

हिमालखबर

नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायतका विपक्षी १९ दलको आजको बैठकले सरकार गठनका विषयमा छलफल गर्नेछ ।  दिउसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्रीको उम्मेदवार र सहमतिको पहलका विषयमा छलफल हुने नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।

राष्ट्रपतिले समयसीमा तोकेर सहमतिको सरकार गठनका लागि आहृवान गरे अनुसार सहमति जुटाउन पहल गर्ने विषयमा छलफल केन्द्रित रहने पौडेलले बताए ।

विपक्षी दलहरुका तर्फाट सरकारको नेतृत्वका लागि नेपाली काङ्ग्रेसले दावी गरेको छ । बैठक दिउँसो १ बजे एमाले पार्टी कार्यालय बल्खुमा बस्ने बताइएको छ ।

मन्त्रिपरिषदको बैठक पनि आजै

राष्ट्रपतिको आहृवानका बारेमा सरकारको आधिकारिक धारणा बनाउन  मन्त्रिपरिषदको विशेष बैठक पनि आज बस्दैछ ।
बैठकबाट राष्ट्रपतिले पठाएको पत्रको अध्यन गरेर सरकारको आधिकारीक धारणा बनाउने एक मन्त्रीले जानकारी दिए ।

राष्ट्रपतिको आहृवान पछि दलहरु नयाँ सरकार छलफलमा लागि सकेकाले सरकारले तत्काल गर्नुपर्ने काम र अहिले सम्मको समिक्षा पनि हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक दिउँसो १२ बजेपछि बोलाइएको छ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>