समाचारआइतबार, मंसिर १०, २०६९

राष्ट्रपतिको आह्वान संविधान विपरित: मन्त्रिपरिषद

हिमालखबर

१० मंसीरमा बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि पत्र लेख्नु असंवैधानिक भएको निर्णय गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । उनले भने, “राष्ट्रपतिज्यूले पहिले र अहिले सरकार विषयमा चाल्नु भएको दुवै कदम संविधानको भावना विपरीत हो ।” मन्त्रिपरिषदको यो निर्णयबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइने उनले बताए ।

संविधानसभाको विघटनपछि १६ जेठमा राष्ट्रपति यादवले प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारलाई कामचालाउ सरकार भएको बताएका थिए भने ८ मंसीरमा ७ दिनभित्र सहमतीय सरकार निर्माणका लागि राजनीतिक दलहरुलाई आह्वान गरेका छन् ।

वर्तमान सरकार व्यवस्थापिका संसदबाट चयन भएको र त्यसैको निरन्तरता भएकाले राष्ट्रपतिले स्वत्तः पदमुक्ति भन्नु र नयाँ प्रधानमन्त्रीका लागि आह्वान गर्नु संविधानको भावना विपरीत भएको यादवले बताए । राष्ट्रपतिलाई कार्यकारी अधिकार नभएको भन्दै यादवले राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा मात्र कुनै निर्णय गर्न पाउने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>